ग्लोबल


भारत सरकारको सेन्सरसिपको आदेशविरुद्ध सार्वजनिक रुपमै बोल्यो इलोन मस्कको एक्स

भारत सरकारको सेन्सरसिपको आदेशविरुद्ध सार्वजनिक रुपमै बोल्यो इलोन मस्कको एक्स

नेपालखबर
फागुन १२, २०८० शनिबार १७:८,

इलोन मस्कको सामाजिक सञ्जाल प्लाटफर्म एक्सले भारत सरकारद्वारा जारी ‘कार्यकारी आदेश’को सार्वजनिक रुपमै विरोध गरेको छ। 

भारत सरकारले मोदी प्रशासनको आलोचना गर्ने पोस्ट हटाउन बाध्य पारेको एक्सले जनाएको छ।

एक्सको सरकार मामिला डिभिजनले बिहीबार एक्समा विभिन्न अकाउन्ट र पोस्ट ब्लक गरेको स्वीकारेको छ। यसअघि किसान आन्दोलनको रिपोर्टिङ गरिरहेका पत्रकार तथा त्यसमा सहभागी एक्टिभिस्टहरुले सेन्सरसिपको गुनासो गरेका थिए।

‘आदेश मान्दै ती अकाउन्ट र पोस्टलाई हामीले भारतमा रोक लगाएका छौँ। तर, हामी यसका विरुद्धमा छौँ र अभिव्यक्ति स्वतन्त्रता यी पोस्टका हकमा पनि लागू हुनुपर्छ भन्ने पक्षमा छौँ।’

यसअघि ट्विटरका रुपमा चिनिएको एक्स विगतमा पनि भारत सरकारको सेन्सरसिपको आदेशसामु झुकेको थियो। 

तर, एक्सको पछिल्लो वक्तव्य सांकेतिक विरोध भएको इन्टरनेट फ्रिडम फाउन्डेसनका प्रतीक वाग्रे बताउँछन्।

‘इलोन मस्कले किनेयता उनीहरुले पहिलो पटक यसविरुद्ध बोलेका हुन्,’ उनले भनेका छन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .