बोइङले सुरक्षा उपाय अपनाउन हेलचेक्र्याइँ गरेको आरोप लगाएका व्यक्ति मृत फेला परेका छन्। उनी बोइङकै पूर्वकर्मचारी थिए।
६२ वर्षीय जोन बार्नेटको आफैँले लगाएको चोटका कारण मृत्यु भएको साउथ क्यारोलाइनाका चिकित्सकहरुले बताएका छन्।
बार्नेटले बोइङमा तीन दशकभन्दा लामो समय काम गरेका थिए। २०१७ उनले अवकाश लिएका थिए।
पछिल्लो समय बोइङविरुद्ध चलिरहेको मुद्दामा उनले प्रमाण दिने तयारी गरेका थिए।
२०१९ मा उनले बोइङले जानीजानी कमजोर पार्टपुर्जा विमानमा जडान गरेको आरोप लगाएका थिए।
बोइङको उनको आरोपको खण्डन गरेको थियो। तर, २०१८ र २०१९ मा भएका दुई ७३७ म्याक्स दुर्घटनापछि सो कम्पनी ठूलो दबाबमा छ।
बोइङले बार्नेटको मृत्युमा समवेदना प्रकट गर्छ।
291
Shares
प्रतिक्रिया