ad ad

ग्लोबल


विमान बिग्रेपछि नेटो बैठकमा ढिला पुगे ब्लिन्केन, पेरिसदेखि ब्रसेल्ससम्म कारमा यात्रा

विमान बिग्रेपछि नेटो बैठकमा ढिला पुगे ब्लिन्केन, पेरिसदेखि ब्रसेल्ससम्म कारमा यात्रा

नेपालखबर
चैत २२, २०८० बिहिबार १४:३७,

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको पछिल्लो युरोप यात्रामा विमान बिग्रिँदा व्यवधान पैदा भएको छ। उनी सवार विमान पेरिसमा बिग्रिँदा उनको टोली कारमा घण्टौँ यात्रा गरेर ब्रसेल्स पुग्नु परेको थियो। 

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले ब्लिन्केनलाई फ्रान्स पुर्‍याएको अमेरिकी वायु सेनाको विमानमा प्राविधिक समस्या देखिएको बताएका छन्।

त्यसपछि ब्लिन्केनको टोली १९० माइल सडक यात्रा गरेर नेटो मुख्यालय ब्रसेल्स पुगेको थियो।

सोही कारण उनी नेटो गठबन्धनका विदेशमन्त्रीहरुको बैठकमा ढिला पुगेका थिए। 

ब्लिन्केन बोइङ ७३७ को पुरानो मोडल चढ्छन्, जसलाई मोडिफाइ गरिएको छ।

फ्रान्समा उनले युक्रेन र गाजा युद्धबारे सरकारी अधिकारीहरुसँग छलफल गरेका थिए।

यसअघि ब्लिन्केनको विमान जनवरीमा स्विट्जरल्यान्डमा पनि बिग्रेको थियो।

पछिल्लो समय क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि विमान बिग्रेर दुःख पाइरहेका छन्। सेप्टेम्बरमा भारत आएका बेला विमान बिग्रेपछि उनी दुई दिन रोकिएका थिए। एजेन्सी 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .