ad ad

ग्लोबल


मोदीको सामुन्ने नितिश कुमारको वाचा : अब गठबन्धन छाडेर कतै जान्नँ

मोदीको सामुन्ने नितिश कुमारको वाचा : अब गठबन्धन छाडेर कतै जान्नँ

नेपालखबर
चैत २२, २०८० बिहिबार १५:२३,

बिहारका मुख्यमन्त्री नितिश कुमारले भाजपा नेतृत्वको एनडीए गठबन्धन छाडेर कतै नजाने बताएका छन्। बिहीबार बिहारको जमुईमा आयोजित चुनावी सभामा प्रधानमन्त्री नरेन्द्र मोदीकै सामुन्ने उनले यस्तो बताएका हुन्।

बारम्बार गठबन्धन परिवर्तन गरेर ‘पल्टुराम’को रुपमा कुख्याति कमाएका नितिशले अब गठबन्धन नछाड्ने वाचा गरेका हुन्। 

मोदीले विपक्षीको कडा आलोचना गर्दै नितिशको प्रशंसा गरेका थिए। बिहारमा आफ्नो सरकारले विकासको युग सुरु गराएको भन्दै मोदीले यो ट्रेलर मात्र भएको दाबी गरे।

‘यो १० वर्षको सरकार ट्रेलर मात्र हो। भारत र बिहारलाई अघि लैजान धेरैथोक गर्न बाँकी छ,’ मोदीले भने।

लालु यादवको आरजेडी सरकारले गरिबलाई लुटेको आरोप लगाउँदै आफूले बिहारका जनतालाई वन्दे भारतजस्तो रेलमा चढाएको दाबी गरे।

नितिश कुमारले यस पटक एनडीएले ४ सयभन्दा ज्यादा सिट जित्ने दाबी पनि गरे।

‘बीचमा म केही समयका लागि ती मान्छेहरुको साथ (कंग्रेस–आरजेडी) मा गएको थिएँ। अब म कतै जान्नँ,’ उनले दोहो¥याएर भने, ‘यस पटक एनडीएले लोक सभा चुनावमा ४ सय भन्दा बढी सिट जित्छ।’ एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .