ad ad

ग्लोबल


इरान भन्छः हामीले इजरायलमा आक्रमण गर्दै छौँ भनेर अमेरिकालाई पनि जानकारी गराएका थियौँ

इरान भन्छः हामीले इजरायलमा आक्रमण गर्दै छौँ भनेर अमेरिकालाई पनि जानकारी गराएका थियौँ

इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लायान


नेपालखबर
बैशाख २, २०८१ आइतबार १८:३३, काठमाडौँ

इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लायानले आफ्नो देशले  इजरायलविरुद्ध आक्रमण गर्दै छ भनेर आफ्ना छिमेकी र सहयोगी राष्ट्रहरूलाई पहिल्यै जानकारी गराएको बताएका छन्।

उनले भने, ‘हाम्रो अपरेसनको करिब ७२ घण्टाअघि नै हामीले इजरायलविरुद्ध इरानको कारबाही निश्चित, अपरिवर्तनीय र कानुनी छ भनेर हाम्रा मित्र र छिमेकीहरूलाई जानकारी गराएका थियौँ।’

उनले विदेशी कूटनीतिज्ञहरूसँगको भेटका क्रममा इरानले इजरायलविरुद्धको आक्रमणबारे अमेरिकालाई पनि जानकारी गराएको र यो ‘सीमित’ आक्रमण हुने र यसको उद्देश्य आत्मरक्षा भएको भनेर बताएको दाबी गरेका छन्। 

इजरायलले अमेरिकाको सहयोगमा इरानको हमालविरुद्ध तयारी गरेको थियो। उसले यसका लागि इजरायल र अमेरिकाको उन्नत रक्षा प्रणाली तैनाथ गरिएको जानकारी पहिल्यै पाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .