ग्लोबल


चीनमा २ दिन भारी वर्षा हुने चेतावनी

चीनमा २ दिन भारी वर्षा हुने चेतावनी

फाइल फाेटाे


रासस/सिन्ह्वा
बैशाख १७, २०८१ सोमबार १५:५६, बेइजिङ

चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले सोमबार उच्च वर्षा र आँधीको अनुमानसहित पहेंँलो चेतावनी नवीकरण गरेको छ।

सोमबारदेखि मङ्गलबारसम्म भारी वर्षा र आँधीबेहरीले चोङकिङ, गुइझोउ, याङ्जी नदीको दक्षिण र दक्षिण चीनका भागहरूमा असर गर्ने पूर्वानुमान गरिएको केन्द्रले जनाएको छ।

मौसम विज्ञान केन्द्रका अनुसार हुनान, जियाङ्सी, फुजियान, गुआङ्सी र गुआङ्डोङका केही क्षेत्रमा एक सयदेखि दुई सय मिलिमिटर वर्षा हुने अनुमान गरिएको छ। 

स्थानीय सरकारहरूलाई सम्भावित खतरनाक बाहिरी बिजुली आपूर्ति कटौती गर्न र खुला क्षेत्रमा बाहिरी सञ्चालन स्थगन गर्न आग्रह गरिएको छ। केन्द्रले सहरी क्षेत्र र कृषि भूमिमा आवश्यक जल निकासी उपायहरू अपनाउन पनि सुझाव दिएको छ। 

चीनमा चार–स्तरीय, रङ–कोडित मौसमी चेतावनी प्रणाली प्रचलनमा छ। यसमा रातोले सबैभन्दा गम्भीर चेतावनीको प्रतिनिधित्व गर्दछ, त्यसपछि क्रमशः सुन्तला, पहेँलो र नीलो  चेतावनी जारी गरिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .