ad ad

ग्लोबल


कति छ इरानको क्षमता?

कति छ इरानको क्षमता?

नेपालखबर
बैशाख ३, २०८१ सोमबार १९:२, काठमाडौँ

शनिबार राति इजरायलविरुद्ध पहिलोपटक प्रत्यक्ष आक्रमण गरेयता इरानको चर्चा भइरहेको छ।

आखिर इरानको शक्ति कति छ?  

बीबीसीका अनुसार इरानसँग धेरै घातक क्षेप्यास्त्र र क्षति पुर्‍याउने ड्रोन प्रहार गर्ने क्षमता छ।

लेबनान, सिरिया र इराकमा उसलाई समर्थन गर्ने धेरै शिया सशस्त्र समूह सक्रिय छन्।

यसबाहेक यमनका हुथी पनि इरानका कडा समर्थक हुन्।

तर, शनिबार राति इरानले जानाजानी इजरायललाई एकदमै हल्का रूपमा मात्र आक्रमण गरेको छ, ताकि उसलाई कम क्षति पुगोस्।

आज युद्धको अवस्थामा इरानको इस्लामिक सरकार इजरायल र यसको धेरै शक्तिशाली सहयोगी अमेरिकाको सैन्य शक्तिबारे मात्र चिन्तित छैन, उसलाई देशभित्रै आन्तरिक उथलपुथल आउने त्रास  पनि छ। 

सन् २०२२ मा महसा अमिनी नामकी युवतीको प्रहरी हिरासतमा मृत्यु भएपछि भएको विरोध प्रदर्शनले इरानको इस्लामिक शासनका कमजोरीहरू खुलासा गरेको थियो।

इरानको इस्लामिक सरकारका धेरै नेतालाई इजरायलले अमेरिकासँग मिलेर युद्ध सुरु गर्‍यो भने इरानका सैन्य र इस्लामिक रिभोलुसनरी गार्डका आधार र जनरलहरूलाई निशाना बनाइने डर छ।

यसले सरकारका विरोधीहरूलाई पनि फेरि टाउको उठाएर विरोध गर्ने अवसर दिनेछ।

तर, इरान सरकारले त्यस्ता विरोध प्रदर्शन रोक्न अनेक उपाय अपनाउनेछ। 

इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स ४५ वर्षअघि स्थापना भएको हो।

यसको उद्देश्य देशको इस्लामिक व्यवस्थाको रक्षा गर्नु र सेनाभन्दा राम्रो विकल्प प्रदान गर्नु हो। 

स्थापनाकालदेखि नै रिभोलुसनरी गार्ड पूरै क्षेत्रमा इरानको सैन्य, राजनीतिक र आर्थिक शक्ति बनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .