भारतमा भोलिदेखि चुनाव सुरु हुँदैछ। पहिलो चरणमा २१ राज्यका १०२ सिटमा मतदान हुँदैछ।
पहिलो चरणमा मोदी सरकारका ८ मन्त्री र ३ पूर्वमुख्यमन्त्री चुनावी मैदानमा छन्।
यातायातमन्त्री नितिन गडकरी, विज्ञानमन्त्री किरण रिजजु, जलमार्गमन्त्री सर्वानन्द सोनेवाल, वातावरणमन्त्री भूपेन्द्र यादवलगायत चुनावी मैदानमा छन्।
उत्तर प्रदेशका ८ सिट, पश्चिम बंगलाका ३, महाराष्ट्रका ५, राजस्थानका १२ सिट, मध्यप्रदेशका ६ सिटमा चुनाव हुँदैछ।
तमिलनाडुका ३९ वटै सिटमा शुक्रबार नै मतदान हुँदैछ।
४४ दिनमा ७ चरणमा यो यो निर्वाचन सम्पन्न हुनेछ। चुनावमा सत्तारुढ भारतीय जनता पार्टीले फेरि पनि सहज जित हात पार्ने आकलन गरिएको छ। एजेन्सी
171
Shares
प्रतिक्रिया