ग्लोबल


अमेरिकी विश्वविद्यालय बने रणमैदान, सयौँ प्रदर्शनकारी विद्यार्थी गिरफ्तार

अमेरिकी विश्वविद्यालय बने रणमैदान, सयौँ प्रदर्शनकारी विद्यार्थी गिरफ्तार

नेपालखबर
बैशाख १९, २०८१ बुधबार १७:४०,

अमेरिकी विश्वविद्यालयका विद्यार्थीले प्यालेस्टिनीहरूको पक्षमा गरेको प्रदर्शनमा प्रहरीले व्यापक दमन गरेको छ। मुलुकभरका कयौँ कलेजहरूमा प्रदर्शन भएका छन्।

प्रहरीले न्युयोर्कस्थित कोलम्बिया युनिभर्सिटी र सिटी कलेजबाट एक सयभन्दा बढीलाई पक्राउ गरेको थियो। प्रहरीले विद्यार्थीहरूलाई हटाएर युनिभर्सिटीभित्रै अड्डा जमाएको छ। 

युनिभर्सिटी अफ क्यालिफोर्निया, लस एन्जेलसमा पनि प्रहरी प्रवेश गरेको छ। जहाँ हिंसात्मक झडप भएको अमेरिकी सञ्चारमाध्यमहरूले बताएका छन्। 

विद्यार्थीहरूले आफूमाथि पाइप, टेजर, खुर्सानीको झोललगायतले आक्रमण गरिएको बताएका छन्। 

अमेरिकामा विद्यार्थीहरूले गाजामा इजरायली आक्रमणको समर्थन गर्ने संस्थाहरूबाट पैसा नलिन माग राख्दै प्रदर्शन सुरु गरेका थिए। त्यस्तै, इजरायली कम्पनीका सेयर बेच्न र वित्तीय सम्बन्ध टुटाउन उनीहरूको माग छ।

तर, विश्वविद्यालयहरूले विद्यार्थीको माग सुनुवाइ गरेका छैनन्। बरु, प्रहरी दमन सुरु भएको छ।

अप्रिल १८ यता २१ राज्यका २५ क्याम्पसममा १ हजारभन्दा ज्यादा विद्यार्थी पक्राउ परेको बताइएको छ। कतिपय विद्यार्थीहरू निकालिएका छन्।

इजरायल समर्थित समूहहरूले पनि प्रदर्शन गरेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .