ग्लोबल


गाजाको खान युनिस अस्पतालमा गाडिएको अवस्थामा २०० शव फेला

गाजाको खान युनिस अस्पतालमा गाडिएको अवस्थामा २०० शव फेला

नेपालखबर
बैशाख ११, २०८१ मंगलबार ७:५८, काठमाडौँ

गाजाको सिभिल डिफेन्स एजेन्सीले खान युनिसको नासेर अस्पतालबाट हालसम्म २०० जनाको शव निकालिएको जनाएको छ। ती शव सामूहिक चिहानमा गाडिएको थियो।

हमासद्वारा सञ्चालित उक्त एजेन्सीले ती शव अस्पतालको बरामदमा गाडिएको जनाएको छ। जुन अस्पताललाई इजरायली सेनाले नियन्त्रणमा लिएको थियो।

एजेन्सीका अनुसार इजरायली कब्जाका क्रममा केही व्यक्तिको हत्या भएको थियो भने केही शवलाई पहिले नै कब्जामा लिएको कब्रिस्तानबाट खनेर बरामदमा सामूहिक चिहानमा गाडिएको थियो।

इजरायलले अस्पतालमा शव फेला परेको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।

यस मेडिकल कम्प्लेक्स वरपरको क्षेत्रमा सप्ताहव्यापी भीषण लडाइँपछि इजरायली सेनाहरू दुई हप्ताअघि मात्र खान युनिसबाट पछि हटेका थिए।

सन् २०२३ को अक्टोबरमा इजरायलमा हमासले आक्रमण गरेदेखि इजरायली सेनाले गाजामा व्यापक सैन्य कारबाही गरिरहेको छ।

हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म ३५ हजारभन्दा बढी प्यालेस्टाइनी मारिएका छन् जसमध्ये दुई तिहाइ महिला र बालबालिका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .