ग्लोबल


मासिक १५ हजार तलब खाने व्यक्तिको घरमा छापा मार्दा ३० करोड भेटियो (भिडिओ)

मासिक १५ हजार तलब खाने व्यक्तिको घरमा छापा मार्दा ३० करोड भेटियो (भिडिओ)

बरामद नगद। तस्बिर : भारतीय सञ्चारमाध्यम


नेपालखबर
बैशाख २४, २०८१ सोमबार १८:४१, काठमाडौँ

भारतमा महिनाको १५ हजार रुपैयाँ (भारतीय) तलब खाने एक व्यक्तिको घरमा छापा मार्दा ३० करोड भेटिएको छ। 

प्रवर्तन निर्देशनालय (ईडी) ले राँचीमा छापा मार्ने क्रममा झारखन्ड सरकारका मन्त्री आलमगिर आलको निजी सचिवका नोकरको घरमा ३० करोड भारु फेला पारेको हो।

सोही घरमा अर्को एक स्थानबाट पनि ३ करोड भारु बरामद भएको छ। 

सम्पत्ति शुद्धीकरण अनुसन्धान क्रममा आलमगीर आलमको पनि नाम आएको थियो।

आलमको मन्त्रालयमा भ्रष्टाचार भइरहेको र पैसा नोकरहरूको घरमा पठाइरहेको जानकारी ईडीले पाएको थियो। सोही आधारमा ईडीले मन्त्रीका निजी सचिवको नोकरको घरमा छापा मारेको हो। 

१० हजार भारु घुस लिएको घटनामा छापा मार्दा त्यति धेरै रकम भेटिएको हो। 

हेर्नुहोस् भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .