समाज


राशिफल २५ वैशाख : वृश्चिकलाई रोजगारीको अवसर, कुम्भलाई सरकारी निकायको भय

राशिफल २५ वैशाख : वृश्चिकलाई रोजगारीको अवसर, कुम्भलाई सरकारी निकायको भय

पण्डित नारायणप्रसाद दुलाल
बैशाख २५, २०८१ मंगलबार ४:३४, काठमाडौँ

आज मङ्‌गलबार, २५ वैशाख २०८१ (७ मे २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला, बोल्दा विचार पुर्‍याउनु होला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ। राजनीतिक कार्यमा भने सफलता मिल्नेछ। साँझमा कुनै कुराले मनमा शान्ति छाउनेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६०, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्दा अध्ययन-अध्यापन रुचि पढ्ला। यात्रा खासै फलदायी छैन। त्यसैले, भरिसक्के लामो यात्रा नगरेकै बेस।

वृष : बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ। मन खिन्न हुने स्थिति आउनेछ। गरेको कार्यबाट नपत्याउँदो सफलता र फाइदा हुनेछ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिँदा पुण्य प्राप्ति होला। झुट नबोल्नु होला।

मिथुन : रमणीय यात्राको योग छ। कलासाहित्यमा रुचि बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। पुँजी बजारबाट राम्रो सफलता मिल्नेछ। साँझमा केही पैसा खर्च हुन सक्छ।

भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क पनि ६० प्रतिशत नै रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। निलो रङको प्रयोग उपयुक्त छैन।

कर्कट : दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालीन फाइदा पुग्नेछ। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

भाग्यशाली रङ सेतो हो भने अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिँदा मनमा शान्ति मिल्ला। खैरो रङको प्रयोग उपयुक्त छैन।

सिंह : समाजसेवामा मन लाग्नेछ। कसै-कसैका लागि सन्तान प्राप्तिको योग छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। पारिवारिक मनोरञ्जन हुने र सद्भाव बढ्नेछ। चिताएको कामले तीव्रता लिनेछ। सेयर बजारबाट राम्रो सफलता मिल्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा पनि ६३, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाएमा कार्य सम्पादन सहज बन्नेछ। सजिलै अरूको विश्वास भने नगर्नु होला।

कन्या : मन परेको मानिससँग टाढिनु पर्दा मनमा छटपटी र अशान्ति छाउनेछ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नु राम्रो हुन्छ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। समग्रमा, आय-व्यय, सुख-दुःख बराबरी खालको दिन छ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४५, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ४० र शिक्षामा ३० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ३२ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्नु राम्रो हुनेछ। कालो रङको प्रयोग अनुकूल छैन।

तुला : ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। प्रेमीको सहयोग प्राप्त हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। शुभ समाचारले हौसला बढाउनेछ। कला र गलाको प्रभाव बढ्नेछ। शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८५, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरेर कमको थालनी गर्नु राम्रो हुनेछ। कालो रङको प्रयोग उपयुक्त छैन।

वृश्चिक : नयाँ रोजगारीको अवसर मिल्नेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ।

भाग्यशाली रङ खैरो र अङ्क ४ हो भने प्रेम र सम्बन्धमा ५६, व्यापारमा ६०, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। छलकपट नगर्ने।

धनु : आँटेको र ताकेको कार्य पूरा होला। अरूलाई प्रभावित पारेर काम बन्नेछ। शुभ समाचार सुन्न पाइएला। धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न भइनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिहान उठ्नेबित्तिकै पितृ देवताको आशीर्वाद लिनु राम्रो हुनेछ। सजिलै अरूको विश्वास भने नगर्नु होला।

मकर : आजको दिन अविस्मरणीय  सम्झनाले  बित्नेछ। मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ। रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ। जोस, जाँगर र हिम्मत बढ्न सक्छ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३०, व्यापारमा ४४, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ७५ र शिक्षामा ३० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिएमा पितृ खुसी हुनेछन्। तामसिक भोजन नगर्नु होला।

कुम्भ : आफ्नो विचार विपरीत निर्णय हुन सक्छ। बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनु पर्छ। सरकारी निकायको भय रहला। आफ्नो अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ। आर्थिक कारोबारमा विवाद आउन सक्छ। अल्छीपना बढ्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

मीन : अग्रजहरूको सुझावअनुसार अवसर पहिल्याउन सकिनेछ। रमणीय र सुखद यात्राको योग छ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। नयाँ व्यक्तिबीच समीपता बढ्नेछ। लगनशीलताले गरेका काम अगाडि बढ्नेछन्।

भाग्यशाली रङ सेतो हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६५, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दीर्घकालीन महत्त्वको काम सुरु गर्नुअघि वृक्षारोपण गरेमा अधिक सफलता मिल्नेछ। उत्तर दिशाको यात्रा फलदयी छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .