भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा चुनावका लागि दर्ता गरेको मनोनयनमा आफ्नो सम्पत्ति ३.०२ करोड भारतीय रुपैयाँ भएको उल्लेख गरेका छन्।
त्यसमध्ये २.८५ करोड एसबीआई बैंकमा मुद्दती खातामा रहेको उनले उल्लेख गरेका छन्।
उनले आफूसँग जमिन, घर र सवारी साधन नभएको बताएका छन्।
उनको जम्मा आम्दानी २०१८ मा ११.१४ लाख रहेकोमा २०२३ मा २३.५६ लाख पुगेको छ।
आफूसँग २ लाख ६७ हजार रुपैयाँको चार वटा सुनको औँठी रहेको पनि घोषणा गरेका छन्। आफ्नो नाममा कुनै रकम ऋण वा बाँकी नरहेको उनको भनाइ छ।
मोदीले उत्तर प्रदेशको वराणासी क्षेत्रबाट मंगलबार उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि पनि उनी त्यहीँबाट निर्वाचित भएका थिए।
उनलाई सो क्षेत्रमा कमेडियन श्याम रंगीलाले समेत चुनौती दिँदैछन्। रंगीला मोदीकै क्यारिकेचर गरेर चर्चामा आएका थिए। एजेन्सी
Shares
प्रतिक्रिया