इजरायली सेना गाजाको दक्षिणी क्षेत्रमा अवस्थित रफाहमा प्रवेश गरेपछि प्यालेस्टाइनी विस्थापितको एक राहत शिविरमा भएको आक्रमणमा ठूलो संख्यामा मानिस हताहत भएका छन्।
बीबीसीका अनुसार सहरमा गोलाबारी र विस्फोट जारी छ।
समाचार एजेन्सी रोयटर्स र एएफपीले प्यालेस्टिनी अधिकारीहरूलाई उद्धृत गर्दै यस विस्फोटमा २१ जनाको मृत्यु भएको बताएका छन्।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आक्रमणमा ६४ जना घाइते भएको जनाएको छ।
समाचार एजेन्सी वाफाको रिपोर्टअनुसार प्यालेस्टाइनी प्राधिकरणका प्रवक्ता नाबिल अबु रुदिनेहले रफाहमा आजको आक्रमणलाई ‘नरसंहार’ भनेका छन्।
396
Shares
प्रतिक्रिया