ad ad

ग्लोबल


मोदीका ७२ मन्त्रीमा अटाएनन् मुस्लिम

मोदीका ७२ मन्त्रीमा अटाएनन् मुस्लिम

नेपालखबर
जेठ २८, २०८१ सोमबार १६:४८,

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारका ७२ सदस्यले आइतबार शपथ लिए। तर, त्यति ठूलो मन्त्रिमण्डलमा एकजना पनि मुस्लिम अटाएका छैनन्।

भारतमा मुस्लिमहरु सबैभन्दा ठूलो अल्पसंख्यक समूह हो। यस वर्ष लोकसभामा जम्मा २४ मुस्लिम सांसद चुनिएका हुन्। 

यसअघि मन्त्रीमण्डलमा कमसेकम एकजना मुस्लिम मन्त्री हुने गर्थे। मोदी सरकारमा पनि यसअघि नज्मा हेपतुल्लाह, एमजे अकबर र मुख्तार अब्बास नक्वी मन्त्री बनेका थिए। 

तर, यसपटक मुस्लिमको प्रतिनिधित्व क्याबिनेटमा छैन। यो चुनावमा भाजपा नेतृत्वको एनडीएबाट कुनै मुस्लिम सांसद चुनिएका थिएनन्।

यद्यपि मुस्लिमबाहेकका अल्पसंख्यकहरुको प्रतिनिधित्व भने मोदी मन्त्रिमण्डलमा भएको छ।

सिख नेताहरु हरदीप पुरी र रवीन सिंह बिट्टु तथा क्रिस्चियन समुदायका जर्ज कुरियन मन्त्री बनेका छन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .