ad ad

ग्लोबल


चीनमा ७५ वर्षयताकै भीषण आँधी, हजारौँ मानिस सुरक्षित स्थानमा सारिए

चीनमा ७५ वर्षयताकै भीषण आँधी, हजारौँ मानिस सुरक्षित स्थानमा सारिए

यो तस्बिर सांघाईमा आएको आँधीपछिको हो।


नेपालखबर
भदौ ३१, २०८१ सोमबार १९:५८, काठमाडौँ

‘बेबिन्का’ आँधी सोमबार चीनको सांघाईको तटीय क्षेत्रमा बज्रिएको छ।

चीनको सरकारी सञ्चारमाध्यमले यो सांघाईमा  ७५ वर्षयताकै भीषण आँधी भएको जनाएको छ।

बीबीसीका अनुसार आँधीका कारण सांघाईका हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

चीनको मौसम विभागले सोमबार बिहान साढे ७ बजे (स्थानीय समय) सांघाईको तटीय क्षेत्र लिंगाङमा आँधी बेबिन्का आएको जनाएको छ।

आइतबार साँझ नै महानगरीय क्षेत्रबाट चार लाखभन्दा बढी मानिसलाई सतर्कता अपनाउन भनिएको स्थानीय अधिकारीहरूले बताएका छन्।

यसबाहेक चोङमिङ जिल्लाबाट पनि नौ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। चोङमिङ यांग्त्जे नदीको मुखमा अवस्थित एउटा टापु हो र यो सांघाईको एक भाग हो।

यस आँधीका कारण चीनमा सयौँ उडान पनि रद्द भएका छन्। यसबाहेक राजमार्ग पनि बन्द गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .