ad ad

ग्लोबल


निरन्तर जनप्रदर्शनले झुक्यो केन्या सरकार, कर बढाउने विधेयक फिर्ताको घोषणा

निरन्तर जनप्रदर्शनले झुक्यो केन्या सरकार, कर बढाउने विधेयक फिर्ताको घोषणा

नेपालखबर
असार १३, २०८१ बिहिबार ९:५०, काठमाडौँ

केन्यामा केही दिनदेखि जारी विरोध प्रदर्शनपछि सरकार झुकेको छ।

निरन्तर जनप्रदर्शन भएपछि केन्याका राष्ट्रपति विलियम रुटोले विवादास्पद वित्त विधेयक फिर्ता लिने घोषणा गरेका हुन्।

उक्त विधेयमा कर वृद्धिको प्रावधान राखिएको थियो।

केन्यामा भएको हिंसात्मक प्रदर्शनपछि राष्ट्रपति रुटो विधेयक फिर्ताको घोषणा गर्न बाध्य भएका हुन्। 

केन्याका जनतालाई सम्बोधन गर्दै रुटोले देशवासीले यो विधेयकबाट केही नचाहेको स्पष्ट भएको बताए। विधेयकमा हस्ताक्षर नगर्ने विषयमा रुटोले भने, ‘म हार स्वीकार गर्छु।’

केन्यामा सरकारको नयाँ वित्त विधेयकका विषयमा विवाद भएको थियो र धेरै दिनसम्म विरोध प्रदर्शन भएको थियो। यसबीच जब संसद्‌ले विधेयक पारित गर्‍यो, तब आन्दोलनले हिंसात्मक रूप लियो।

गत मंगलबार हिंसात्मक प्रदर्शनमा २२ जनाको मृत्यु भएको पुष्टि भएको थियो। 

विधेयक पारित भएपछि आन्दोलनकारीले संसद्‍मा समेत प्रवेश गरी आगजनी  गरेका थिए।

राष्ट्रपति रुटोले अब सन् २०२२ यताकै सबैभन्दा ठूलो प्रदर्शनको नेतृत्व गर्ने देशका युवासँग कुरा गर्ने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .