ad ad

ग्लोबल


दिल्ली विमानस्थल दुर्घटनाका प्रत्यक्षदर्शी भन्छन्- हेर्दाहेर्दै छत खस्यो, मान्छेहरूको भागाभाग भयो

दिल्ली विमानस्थल दुर्घटनाका प्रत्यक्षदर्शी भन्छन्- हेर्दाहेर्दै छत खस्यो, मान्छेहरूको भागाभाग भयो

शुक्रबार बिहान दिल्ली विमानस्थलको खसेको छत र त्यसमा च्यापिएका ट्याक्सी।


नेपालखबर
असार १४, २०८१ शुक्रबार २०:१०, काठमाडौँ

भारतको राजधानी दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार बिहान एउटा ठूलो दुर्घटना भयो। 

भारतीय सञ्चारमाध्यमका अनुसार टर्मिनल १ मा पार्किङको छाना भत्किँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

‘बिजुली चम्कियो, बादल फुटेजस्तो लाग्यो’
घटनास्थलमा उपस्थित एक प्रत्यक्षदर्शीले भने, ‘बिहान साढे ५ बजे बिजुली चम्कियो र बादल फुटेको जस्तो लाग्यो। हेर्दाहेर्दै छत खस्यो, जसका मुनि ८/१० वटा सवारीसाधन थिचिए। एक/दुई जनाको मृत्यु भएको र कैयौँ घाइते भएको खबर छ। त्यो छानो खस्छ जस्तो लागेकै थिएन।’

घटनास्थलमा उपस्थित अर्का एक व्यक्तिले आफूले पनि यस्तै अनुभव गरेको बताए। उनका अनुसार भारी वर्षाका बीच बिहानको समय विमानस्थलको टर्मिनल १ मा गाडीको लामो लाइन लागेको थियो, त्यही बेला पार्किङस्थलको छत एक्कासि भत्किएर खस्यो र ती सवारीसाधनमा बज्रियो। त्यहाँ उपस्थित मानिसहरूबीच भागाभाग मच्चियो। अनि आपतकालीन सेवाहरूलाई तुरुन्तै मद्दतका लागि बोलाइयो।

पार्किङस्थलमा राखिएका सवारीसाधनमाथि खस्यो छत 

अधिकारीहरूका अनुसार विमानस्थलको छत खस्नाका साथै बिमहरू पनि भत्किएका छन्, टर्मिनलको ‘पिकअप एन्ड ड्रप’ क्षेत्र (यात्रु बोक्ने सवारीहरू पार्क गरिएको क्षेत्र) मा पार्क गरिएका कारहरूलाई क्षति पुर्‍याएको छ। दुर्घटनापछि केन्द्रीय नागरिक उड्डयन मन्त्री राममोहन नायडु आफै टर्मिनल–१ पुगे र अधिकारीहरूबाट घटनाको सबै जानकारी लिए।

त्यसपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले दुर्घटनामा परी ज्यान गुमाएका र घाइतेका परिवारलाई क्षतिपूर्ति दिने घोषणा गर्दै भने, ‘मृतकका परिवारलाई २० लाख र घाइतेलाई ३ लाख रुपैयाँ राहत दिइने छ। यात्रुको सुरक्षा हाम्रो प्राथमिकता हो।’

दुर्घटनाका कारण उडान प्रभावित
दुर्घटनाका कारण टर्मिनल १ बाट हुने उडान अस्थायी रूपमा बन्द गरिएका छन्। सावधानीका रूपमा चेक इन काउन्टर बन्द गरिएको छ। हालसम्म २८ उडान प्रभावित भएका छन्। खराब मौसमका कारण मध्यरात १२ बजेदेखि हालसम्म २८ उडान रद्द भएका छन् भने १२ उडान प्रभावित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .