ad ad

ग्लोबल


विदेश सचिवबाट अवकाशलगत्तै क्वात्रा अमेरिकाका लागि भारतीय राजदूत

विदेश सचिवबाट अवकाशलगत्तै क्वात्रा अमेरिकाका लागि भारतीय राजदूत

नेपालखबर
साउन २, २०८१ बुधबार १५:५५,

भारतले विदेश सचिवबाट यसै महिना अवकाश पाएका विनयमोहन क्वात्रालाई अमेरिकाको राजदूत बनाउने भएको छ। 

स्रोतहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनलाई राजदूतमा मनोनयन गरिएको छ। यद्यपि, विदेश मन्त्रालयले भने यसबारे केही भनेको छैन।

अमेरिकामा राष्ट्रपतीय चुनाव नजिकिँदै गर्दा क्वात्राको जिम्मेवारी महत्त्वपूर्ण हुने विश्लेषण गरिएको छ। पछिल्लो समय भारत अमेरिकानिकट बन्दै गएको छ।

गत जनवरीयता अमेरिकामा भारतीय राजदूतको पद रिक्त थियो। 

क्वात्रा करिअर डिप्लोम्याट हुन्। चीन, अमेरिका, फ्रान्स र नेपालका लागि राजदूतका रूपमा उनले काम गरिसकेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयमा पनि उनले काम गरेका छन्। 

नेपालमा राजदूत भएकै बेला क्वात्रा विदेश सचिवमा बढुवा भएका थिए। यसरी नेपालमा कार्यरत भएका बेला विदेश सचिवमा बढुवा हुने क्वात्रा श्याम शरणपछि दोस्रो भारतीय कूटनीतिज्ञ हुन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .