ad ad

ग्लोबल


हिंसा भड्किएपछि भारतका ९७८ विद्यार्थीले छोडे बंगलादेश

हिंसा भड्किएपछि भारतका ९७८ विद्यार्थीले छोडे बंगलादेश

फाइल तस्बिर


नेपालखबर
साउन ५, २०८१ शनिबार १७:२०, काठमाडौँ

सरकार जागिरमा आरक्षणको विरोध गर्दै विद्यार्थीले थालेको प्रदर्शन हिंसामा बदलिएपछि बंगलादेशमा अध्ययनरत भारतीय विद्यार्थी स्वदेश फर्किएका छन्। 

भारतीय विदेश मन्त्रालयका अनुसार ७७८ जना विद्यार्थी विभिन्न स्थलमार्गहरूमार्फत फर्किएका हुन। त्यस्तै हवाई माध्यममार्फत २०० जना विद्यार्थी भारत फर्किएका छन्।

सरकारी जागिरमा आरक्षण विरोधी विद्यार्थीको प्रर्दशनमाथि सरकारले दमन गर्दा अहिलेसम्म १०५ जनाको मृत्यु भइसकेको छ भने करिब १ हजार ५ सय विद्यार्थी घाइते भएका छन्।

सरकारी जागिरमा करिब ५५ प्रतिशत आरक्षणा दिने व्यवस्था पुनः लागू गर्न बंगलादेशको अदालतले आदेश दिएपछि विद्यार्थीहरू आक्रोसित हुँदै प्रदर्शनमा उत्रिएका हुन।

कुल आरक्षणमध्य सन् १९७१ मा स्वतन्त्रता संग्राममा सहभागी बंलादेशी योद्धाका परिवारलाई ३० प्रतिशत आरक्षणा छुट्याइएको छ। 

आरक्षणको विरोधमा उत्रिएका विद्यार्थीहरूले त्यसलाई भेदभाव भन्दै 'मेरिट'का आधारमा सरकारी जागिर पाउनुपर्ने माग गरेका छन्।

विद्यार्थी प्रदर्शन चर्किदै गएपछि बंगलादेशको सरकारले देशभर 'कर्फ्यू' लगाएको छ। इन्टरनेट, टेलिफोन लगायतका संचार सेवा अवरुद्ध पारिएको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .