ad ad

ग्लोबल


बाइडेनले त्यागे अमेरिकी राष्ट्रपतिको दोस्रो दौड

बाइडेनले त्यागे अमेरिकी राष्ट्रपतिको दोस्रो दौड

नेपालखबर
साउन ६, २०८१ आइतबार २३:५६, काठमाडौँ

अमेरिकी राष्ट्रपति जो बाइडेनले पुनः उम्मेदवारी नदिने भएका छन्।

उनले एक वक्तव्य जारी गरी आगामी चुनावको दौड त्यागेको घोषणा गरेका हुन्।

आफ्नो यो कार्यकाल ऐतिहासिक भएको र कमला ह्यारिसजस्तो विलक्षण साझेदार पाएकोमा खुसी व्यक्त पनि गरेका छन्।

उनले "यो मेरो पार्टी र देशको हितमा छ" भन्दै पुन: चुनावका लागि आफ्नो उम्मेदवारी अन्त्य गर्ने घोषणा गरेका हुन्।

चुनावको चार महिनाअघि उनले यो निर्णय लिएका हुन्।

गत जुनको अन्त्यमा रिपब्लिकन नेता डोनाल्ड ट्रम्पसँगको कमजोर बहसका कारण उनी आलोचनाको तारो बनेका थिए। डेमोक्र्याटहरूबाटै उनको कडा आलोचना भइरहेको थियो।

उनले राष्ट्रपतिको रुपमा काम गर्न पाउनु आफ्नो जीवनको सबैभन्दा ठूलो सम्मान भएको बताएका छन्।

यस्तो छ वक्तव्य:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .