बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सोमबार देश छाडेर भागेपछि त्यहाँका अखबारले आज (मंगलबार) विभिन्न दृष्टिकोणबाट समाचार लेखेका छन्।
दैनिक ‘प्रथम आलो’को समाचारको हेडलाइन छ– शेख हसिनाले अन्तिममा पनि बल प्रयोग गर्न चाहन्थिन्।
उक्त पत्रिकाले हसिना थप बल र अधिक रक्तपात मार्फत अन्तमा सत्ता कायम राख्न चाहन्थिन् भनेर लेखेको छ।
‘समकाल’ पत्रिकाको हेडलाइन छ– विद्यार्थीको रगतको विजय।
उक्त पत्रिकाले लेखेको छ– बंगलादेशमा जनताले जितेको भनिएको छ तर विद्यार्थीको रगतले रंगिएको छ।
‘नयाँ युग’को खबर यसरी सुरु हुन्छ– खालिदाको रिहाइ, जेएस विघटन, छिट्टै राष्ट्रिय सरकार
पहिलो पृष्ठमा रहेको यो रिपोर्टअनुसार पार्टीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगिरले बीएनपी अध्यक्ष खालिदा जियालाई तत्काल रिहा गर्ने निर्णय भएको बताएका छन्।
बंगलादेश ग्रामीण बैंकका संस्थापक मोहम्मद युनुसलाई उद्धृत गर्दै ‘नया दिगन्त’ पत्रिकामा विद्यार्थीको विजय दोस्रो स्वतन्त्रता भएको उल्लेख गरिएको छ।
विजय दिवसमा प्रहरीको गोली लागेर १०३ जनाको मृत्यु – यो खबर युगान्तर पत्रिकाको पहिलो पृष्ठमा छापिएको छ।
प्रधानमन्त्री शेख हसिनाले सोमबार राजीनामा दिएपछि अवामी लिगका मन्त्री तथा सांसदहरूका निवास, केन्द्रीय कार्यालय र अन्य कार्यालयमा तोडफोड र आगजनी भएको समाचारमा लेखिएको छ।
‘बिजनेस स्ट्यान्डर्ड’ले लेखेको छ– आजदेखि कर्फ्यु समाप्त, सबै शैक्षिक, निजी संस्था र कलकारखाना पनि खुल्ने।
बंगलादेश संकट अपडेट :
- यी ८ तस्बिरमा हर्नुहोस् हसिना हिँडेपछि प्रधानमन्त्री निवासमा भएको बबन्डर
- सेनाप्रमुख बनेको महिना दिनमै मुलुकको मियो बन्न पुगे जर्नेल जमान
- शेख हसिनाले देश छाडेपछि खालिदा जियालाई रिहा गर्न आदेश
- हसिना सत्ताच्यूत हुँदा ‘राजनीतिक मित्र’ मोदीलाई ठूलो घाटा
- सेनाले दिएको थियो भाग्न ४५ मिनेटको अल्टिमेटम
- बंगलादेशीहरू गोलीसँग डराउन छाडे, सेनाले पनि हात झिक्यो अनि हसिनाले घुँडा टेकिन्
- शेख हसिना सवार विमान भारत अवतरण, त्यहाँबाट पनि लन्डन भाग्ने सम्भावना
- हसिना भारततर्फै किन भागिन्?
- आर्थिक समृद्धिले थामेन हसिनाको कुर्सी, लोकतन्त्र मास्न खोज्दा देश छाडेर भाग्नुपर्यो
- शेख हसिना भागेपछि प्रधानमन्त्री निवासमा आन्दोलनकारीको ढलीमली (भिडिओ)
- भाषण रेकर्ड गर्ने मौका पनि पाइनन् शेख हसिनाले
- बंगलादेशमा अन्तरिम सरकार बनाउने सेना प्रमुखको घोषणा
- बंगलादेशकी प्रधानमन्त्रीको राजीनामा, प्रदर्शनकारी प्रधानमन्त्री निवास छिरे
- प्रधानमन्त्री निवासमा आन्दोलनकारी पसेपछि भागिन् हसिना
- प्रधानमन्त्री शेख हसिनाले ढाका छोडिन्, सेना प्रमुखले सम्बोधन गर्दै
Shares
प्रतिक्रिया