ad ad

ग्लोबल


फ्रान्समा दक्षिणपन्थी नेता मिसेल बार्नियर प्रधानमन्त्रीमा नियुक्त

फ्रान्समा दक्षिणपन्थी नेता मिसेल बार्नियर प्रधानमन्त्रीमा नियुक्त

फ्रान्सका नवनियुक्त प्रधानमन्त्री मिसेल बार्नियर


नेपालखबर
भदौ २०, २०८१ बिहिबार २०:३१, काठमाडौँ

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले मिसेल बार्नियरलाई देशको प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। ७३ वर्षीय बार्नियर युरोपियन युनियनका प्रमुख ब्रेक्जिट वार्ताकार थिए।

२०१६ र २०१९ को बीचमा बार्नियरले बेलायतसँग ब्रेक्जिटमा वार्ताको नेतृत्व गरेका थिए।

बार्नियर दक्षिणपन्थी रिपब्लिकन पार्टीका वरिष्ठ नेता हुन्। उनको लामो राजनीतिक इतिहास छ। उनले फ्रान्स र युरोपेली संघ दुवैमा धेरैवटा वरिष्ठ पद सम्हालिसकेका छन्।

बार्नियरले अब राष्ट्रिय सभामा दिगो साबित हुने सरकार बनाउनुपर्नेछ। फ्रान्समा तीन प्रमुख राजनीतिक गुटको प्रभुत्व छ तर कसैको पनि बहुमत छैन।

फ्रान्समा दुई महिनाअघि सम्पन्न निर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि राष्ट्रपति म्याक्रोले मिसेल बार्नियरलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।

यहाँ वामपन्थी गुट न्यु पपुलर फ्रन्टले सबैभन्दा बढी सिट जितेको छ। यसपछि एन्सेबल गठबन्धन र दक्षिणपन्थी गुट नेसनल र्‍याली छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .