ad ad

ग्लोबल


बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसले भने- भारतमा शेख हसिना चुपचाप बस्नुपर्छ

बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसले भने- भारतमा शेख हसिना चुपचाप बस्नुपर्छ

मोहम्मद युनुस


नेपालखबर
भदौ २०, २०८१ बिहिबार २१:१, काठमाडौँ

बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले भारत पुगेकी पूर्वप्रधानमन्त्री शेख हसिनाका धेरै राजनीतिक टिप्पणीले उनको गैरमैत्रीपूर्ण मनोवृत्तितर्फ संकेत गरेको बताएका छन्।

भारतीय समाचार एजेन्सी पीटीआईलाई दिएको अन्तर्वार्तामा युनुसले भने, ‘दुई देशबीचको असहजताबाट बच्न बंगलादेशले भारतलाई पठाउन अनुरोध नगरुन्जेल शेख हसिना चुपचाप बस्नुपर्छ।’

मोहम्मद युनुसले ढाकास्थित आफ्नो सरकारी निवासमा पीटीआईलाई यो अन्तर्वार्ता दिएका हुन्।

हसिना सरकार ढलेपछि मोहम्मद युनुसले देशको अन्तरिम सरकारको प्रमुख सल्लाहकारको जिम्मेवारी सम्हालेका हुन्। 

उनले भने, ‘बंगलादेशले भारतसँग बलियो सम्बन्धलाई महत्त्व दिन्छ। तर भारत अवामी लिगबाहेक सबै राजनीतिक दललाई इस्लामवादी र शेख हसिनाबिनाको देश अफगानिस्तान बन्छ भन्ने प्रवृत्तिबाट मुक्त हुन आवश्यक छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .