ad ad

ग्लोबल


युक्रेनमा नयाँ विदेशमन्त्री नियुक्त

युक्रेनमा नयाँ विदेशमन्त्री नियुक्त

नेपालखबर
भदौ २१, २०८१ शुक्रबार ६:३४, किएभ

युक्रेनी संसदले रिक्त विदेशमन्त्रीमा एन्ड्री सिबिहालाई नियुक्त गर्ने पक्षमा मतदान गरेको सांसद ओलेक्सी होन्चारेन्कोले बताएका छन्।

सिबिहाले उपस्थित ३१५ सांसदमध्ये २५८ को समर्थन प्राप्त गरेको होन्चारेन्कोले टेलिग्राममार्फत जानकारी गराएका छन्।

बुधबार राजीनामा दिएका दिमित्रो कुलेबालाई संसद्‌ले बर्खास्त गर्ने पक्षमा मतदान गरेको थियो।

राष्ट्रपति कार्यालयको उपप्रमुखका रूपमा समेत काम गरेकी ४९ वर्षीय सिबिहा अप्रिलदेखि कुलेबाले नेतृत्व गरेको विदेश मन्त्रालयमा उपमन्त्री बनेका थिए। 

कुलेबाले बुधबार पदबाट राजीनामा दिएका थिए। 

राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले गत साता चाँडै मन्त्रिपरिषद् पुनर्गठन गर्ने घोषणा गरेपछि उनको राजीनामा आएको थियो। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .