ad ad

ग्लोबल


भारतको हाथरसमा बस र भ्यान ठोकिँदा १७ जनाको मृत्यु

भारतको हाथरसमा बस र भ्यान ठोकिँदा १७ जनाको मृत्यु

भ्यानसँग ठोकिएको बस। तस्बिर : भारतीय सञ्चारमाध्यम


नेपालखबर
भदौ २२, २०८१ शनिबार १३:२३, काठमाडौँ

भारतीय राज्य उत्तर प्रदेशको हाथरसस्थित आगरा–अलिगढ राष्ट्रिय राजमार्गमा शनिबार बस र भ्यान ठोकिँदा १७ जनाको मृत्यु भएको छ। 

हाथरसका प्रहरी उपरीक्षक निपुन अग्रवालले सञ्चारकर्मीलाई बताएअनुसार शुक्रबार साँझ ६ः१५ बजे रोडवेजको बस र पिकअप भ्यान आपसमा ठोकिएका हुन्। 

दुर्घटनामा १७ जनाको मृत्यु भएको र १६ यात्रु घाइते भएको उनले बताए। मृतकमा ७ पुरुष, ४ महिला र ६ बालबालिका छन्।

प्रहरी उपरीक्षक अग्रवालले भने,  ‘घटनामा मृत्यु भएका सबैको पोस्टमार्टमपछि शव दाहसंस्कारका लागि गाउँ पठाइएको छ।’ बीबीसी हिन्दी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .