ad ad

ग्लोबल


लखनउमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ८ पुग्यो

लखनउमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ८ पुग्यो

लखनउमा भवन भत्किँदा ठूलो दुर्घटना भएको छ।


नेपालखबर
भदौ २३, २०८१ आइतबार ८:१३, काठमाडौँ

भारतीय प्रान्त उत्तर प्रदेशको राजधानी लखनउको ट्रान्सपोर्ट नगरमा शनिबार भवन भत्किँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ।

समाचार एजेन्सी एएनआईले राहत आयुक्त कार्यालय, लखनऊलाई उद्धृत गर्दै यो जानकारी दिएको हो।

समाचार एजेन्सी पीटीआईले पनि यसको पुष्टि गरेको छ।

दुर्घटनामा घाइते हुनेको संख्या २८ पुगेको राहत आयुक्तको कार्यालयले जनाएको छ।

उद्धार जारी रहेको र घटनास्थलमा एनडीआरएफ र एसडीआरएफको टोली रहेको कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .