ad ad

ग्लोबल


राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो चुनाव

राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो चुनाव

श्रीलंकामा आज निर्वाचन


नेपालखबर
असोज ५, २०८१ शनिबार ८:४३, काठमाडौँ

श्रीलंकामा आज (सेप्टेम्बर २१, शनिबार) राष्ट्रपतीय निर्वाचनका लागि मतदान हुँदै छ।

सन् २०२२ मा आर्थिक संकटपछिको यो पहिलो निर्वाचन हो।

त्यसबेला श्रीलंकामा ठूलो मात्रामा विरोध प्रदर्शन भएको थियो।

त्यसपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छाड्नुपरेको थियो भने प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिनुपरेको थियो।

त्यसपछि रनिल विक्रमासिङ्घे श्रीलंकाको राष्ट्रपति बने।

आजको निर्वाचनलाई मुलुकमा आर्थिक सुधारका रूपमा हेरिएको छ।

करवृद्धि, अनुदानमा कटौती र कल्याणकारी योजनाका कारण देशका धेरै जनता अझै पनि समस्यामा छन्।

धेरै विश्लेषकहरूले यस चुनावमा मतदाताहरूमा आर्थिक सुधारको चिन्ता हुने भएकाले कडा प्रतिस्पर्धा हुन सक्ने अनुमान गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .