ad ad

खेल


दक्षिण अफ्रिकालाई हराउँदै अफगानिस्तानले जित्यो सिरिज

दक्षिण अफ्रिकालाई हराउँदै अफगानिस्तानले जित्यो सिरिज

नेपालखबर
असोज ५, २०८१ शनिबार ८:२७, काठमाडौँ

यूएईमा जारी तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा दक्षिण अफ्रिकालाई १७७ रनले हराउँदै अफगानिस्तानले सिरिज जितेको छ।

अफगानिस्तानको यो ठूलो जितमा राशिद खान नायक बने। उनले ९ ओभरमा १९ रन दिएर ५ विकेट लिए । खेलको प्लेयर अफ द म्याचको अवार्ड राशिद खानले पाए।

अनि विकेटकिपर ब्याट्सम्यान रहमानउल्लाह गुरबाजले शतक खेल्दै १०५ रन बनाए।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३१४ रनको ठूलो स्कोर बनाएको थियो। गुरबाजले शतक तथा अजमातुल्लाह उमरजाई र रहमत शाहले अर्धशतक खेले।

टोलीका लागि उमरजाईले ८६ रन जोडे भने रहमत शाहले ५० रन जोडे।

लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकी टोलीले राम्रो सुरुवात गरेको थियो। तर पछि टोली लडखडाउँदै गयो र जम्मा १३४ रनमा अलआउट भयो।

दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बाभुमाले सर्वाधिक ३८ रन बनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .