ad ad

ग्लोबल


बाँसबारी-बूढानीलकण्ठ सडकमा एक-दुई दिनभित्रै कालोपत्र गरिसक्ने प्रतिबद्धता

बाँसबारी-बूढानीलकण्ठ सडकमा एक-दुई दिनभित्रै कालोपत्र गरिसक्ने प्रतिबद्धता

नेपालखबर
असोज ८, २०८१ मंगलबार १३:५३, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले खानेपानी तथा विद्युत् विस्तारका कारण भत्काइएको बाँसबारी-बूढानीलकण्ठ सडक मर्मत चाँडो सक्न अधिकारीहरूलाई निर्देशन दिएका छन्। 

बुधबार सडक निरीक्षणका लागि पुगेका सो क्षेत्रका सांसदसमेत रहेका मन्त्री पौडेलले सडक मर्मतको काममा ढिलाइ नगर्न भनेका हुन्।

मन्त्रीसामु सम्बद्ध अधिकारीहरूले एक/दुई दिनभित्रै कालोपत्रे सक्ने प्रतिबद्धता जनाएका छन्। 

सडकअन्तर्गत चक्रपथ नारायणगोपाल चोकदेखि सहिद गंगालालसम्मको खण्ड भने नेपाल विद्युत् प्राधिकरणले कालोपत्रे गर्ने भएको छ।

प्राधिकरणको भागमा परेको सो खण्डको कालोपत्रेसमेत चाँडै अघि बढाउने प्रतिबद्धता प्राधिकरण अधिकारीहरूले जनाएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।

एक वर्षअघि नै काम थालिए पनि तीन निकायबीच समन्वय नहुँदा सडक मर्मत हुन सकेको थिए। जसका कारण नागरिकलाई परिरहेको सास्ती कम गर्न मन्त्री पौडेलले पटकपटक पहल थालेका थिए।

सडक डिभिजन, मेलम्ची खानेपानी आयोजना तथा नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरूसँग स्थलगत निरीक्षण गरेर मन्त्री पौडेलले काममा ढिलाइ नगर्न आग्रह गरेका थिए।

त्यसलगत्तै सडकको सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रअघिको तीन सय मिटर खण्डमा कालोपत्रेको तयारी थालिएको थियो।

सडकमा माटो बिच्छ्याए पनि कालोपत्रे अघि नबढेको गुनासो आएपछि मन्त्री पौडेलले सम्बद्ध अधिकारीहरूको ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .