ad ad

ग्लोबल


भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा भारतीय र भूटानी सैनिकको मृत्यु

भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा भारतीय र भूटानी सैनिकको मृत्यु

शैलेन्द्र समदर्शी
असोज १०, २०७६ शुक्रबार १५:४१,

शुक्रवार भूटानको योङफुल्लामा भारतीय सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा एक भारतीय र एक भूटानी सेनाका अधिकारी गरी दुईजनाको मृत्यु भएको छ।

सिलगढ़ीस्थित बाघडुग्रा वायु सेनाका अधिकारीले जानकारी गराए अनुसार मृतक पायलटको पहिचान भारतीय सेनाका लेफ्टिनेण्ट कर्नल रजनिश परमार र भूटानी शाही सेनाका क्याप्टन कालजङ वाङ्दीको रूपमा भएको छ। विडम्बना के हो भने आजै लेफ्टिनेण्ट कर्नल रजनिश परमारको जन्मदिन आजै थियो।

अरुणाचल प्रदेशको खिर्मुबाट ड्युटीका लागि भूटानको योङ्फुल्लातर्फ गइरहेको बेला अपराह्न १ बजे उक्त हेलिकप्टर सम्पर्कविहीन बनेको थियो। ‘भारतीय सेनाको एउटा हेलिकप्टर भूटानको योङफुल्लानजिक दुर्घटनाग्रस्त भएको छ’, भारतीय सेनाका प्रवक्ता अमन आनन्दले थपे, ‘अरुणाचल प्रदेशको खिर्मुबाट ड्युटीका लागि भूटानको योङ्फुल्लातर्फ गइरहेको बेला आज अपराह्न १ बजेपछि सम्पर्कविहीन भएको थियो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .