इराकको संसद्ले समलिंगी सम्बन्धलाई अपराध मान्ने विधेयक पारित गरेको छ।
उक्त विधेयकमा समलिंगी सम्बन्ध राख्नेलाई १० देखि १५ वर्षसम्मको सजायको व्यवस्था छ।
नयाँ कानुनअनुसार तेस्रोलिंगीलाई पनि एकदेखि तीन वर्षसम्म जेल पठाउन सकिने बीबीसीको समाचारमा छ।
नयाँ कानुनका समर्थकहरू यस कानुनले देशमा धार्मिक मूल्य मान्यता कायम राख्न मद्दत गर्ने दाबी गर्छन्।
यसैबीच विधेयकको विरोध गर्ने समूहहरूले भने इराकले यस कानुनमार्फत एलजीबीटी समुदायको अधिकार हनन जारी राख्ने टिप्पणी गरेका छन्।
यसअघिको विधेयकको मस्यौदामा सन् १९८० मा पारित गरिएको वेश्यावृत्ति विरुद्धको कानुनलाई परिमार्जन गरी मृत्युदण्डको व्यवस्था गरिएको थियो।
तर, अमेरिका र पश्चिमी मुलुकको विरोधपछि त्यसमा परिवर्तन भएको थियो।
78
Shares
प्रतिक्रिया