ad ad

ग्लोबल


भारतीय लोकसभा निर्वाचनको मतगणना जारी, प्रारम्भिक रुझानमा एनडीए ५३ सिटमा अगाडि

भारतीय लोकसभा निर्वाचनको मतगणना जारी, प्रारम्भिक रुझानमा एनडीए ५३ सिटमा अगाडि

नेपालखबर
जेठ २२, २०८१ मंगलबार ८:३८, काठमाडौँ

सात चरणमा सम्पन्न भारतीय लोकसभा निर्वाचनको आज मतगणना भइरहेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार ५४२ सिटको मतगणना बिहान ८ बजेदेखि भइरहेको हो। 

पहिलो चरणमा हुलाक मतपत्रको गणना भइरहेको छ। यसपछि ईभीएम खोलिनेछ। 

अबको २ घण्टामा नयाँ सरकारको स्थिति लगभग स्पष्ट हुनेछ। 

प्रारम्भिक रुझानमा भारतीय जनता पार्टीको गठबन्धन एनडीए ५३ सिटमा अगाडि छ भने विपक्षी कंग्रेस नेतृत्वको गठबन्धन आईएनडीआईए ४० सिटमा अगाडि छ।  

अप्रिल १९ मा सुरु मतदान प्रधानमन्त्री नरेन्द्र मोदीको क्षेत्र वाराणसीसहित ५७ सिटमा जुन १ मा सकिएको थियो।

जुन १ माजरी १२ एक्जिट पोलअनुसार भाजपाले लगातार तेस्रोपटक सरकार बनाउने आकलन गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .