ad ad

ग्लोबल


राष्ट्रपतीय निर्वाचन नलड्ने बाइडेन निर्णयमा ओबामा प्रतिक्रिया- देशप्रेमको प्रमाण

राष्ट्रपतीय निर्वाचन नलड्ने बाइडेन निर्णयमा ओबामा प्रतिक्रिया- देशप्रेमको प्रमाण

राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति बाराक ओबामा


नेपालखबर
साउन ७, २०८१ सोमबार ८:५२, काठमाडौँ

आगामी राष्ट्रपतीय निर्वाचन नलड्ने अमेरिकाका राष्ट्रपति जो बाइडेनको निर्णयको त्यहाँका पूर्वराष्ट्रपति बाराक ओबामाले प्रशंसा गरेका छन्। 

अब राष्ट्रपतिको उम्मेदवार नबन्न उनको पार्टी डेमोक्र्याटिक पार्टीभित्र दबाब बढ्दै गएपछि बाइडेन पछि हटेका हुन्। उनले आगामी राष्ट्रपतीय चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेका छन्। 

उक्त निर्णयले बाइडेन उच्च कोटिको देशभक्त भएको कुरालाई पुनः स्मरण गराएको ओबामाले उल्लेख गरेका छन्।

उनले वक्तव्य जारी गरी १६ वर्षअघि आफूले उपराष्ट्रपतिको उम्मेदवार खोजी गर्दा बाइडेनको असल चरित्रले लोभ्याएको बताएका छन्। ओबामा राष्ट्रपति हुँदा बाइडेन उपराष्ट्रपति थिए।

पूर्वराष्ट्रपति ओबामाले बाइडेनले राष्ट्रपतिको दौडबाट पछि हटेर देशभक्तको प्रमाण पेस गरेको बताएका छन्। 

उनले भनेका छन्, ‘मलाई यो पनि थाहा छ कि बाइडेन कहिले पनि लडाइँबाट पछि हट्दैनन्। उनले राजनीतिक परिदृश्य हेरेर चुनाव नयाँ उम्मेदवारलाई सुम्पनु निश्चित रूपमा उनको जीवनका कठिन कार्यमध्ये एक हो। मलाई थाहा छ- उनले यो निर्णय तबसम्म गरेरनन्, तब उनलाई यो अमेरिकाका लागि सही भन्ने लागेन। यो जो बाइडेनको देशप्रेमको प्रमाण हो र एउटा सच्चा जनसेवाको ऐतिहासिक उदाहरण, जसले फेरि एकपटक अमेरिकी नागरिकको हित आफ्नो हितभन्दा अगाडि राखे, जसको अनुसरण आउने पुस्ताले गर्न आवश्यक छ।’

यस्तै ओमबाले बाइडेन अमेरिकाका सबैभन्दा महत्त्वपूर्ण राष्ट्रपति भएको पनि बताएका छन्।

ओबामाले भनेका छन्, ‘कोभिड महामारी अन्त्य गर्न बाइडेनले महत्त्वपूर्ण भूमिका खेले। ३० वर्षको अवधिमा पहिलोपटक लाखौँ रोजगारी सिर्जना गरे, औषधिको मूल्य घटाए, बन्दुक सुरक्षासम्बन्धी महत्त्वपूर्ण निर्णय गरे।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .