ad ad

ग्लोबल


पतञ्जलि मुद्दा सुनुवाइ हुँदै, रामदेव र बालकृष्ण भारतीय सर्वोच्च अदालतमा

पतञ्जलि मुद्दा सुनुवाइ हुँदै, रामदेव र बालकृष्ण भारतीय सर्वोच्च अदालतमा

नेपालखबर
चैत २८, २०८० बुधबार १३:१३, काठमाडौँ

पतञ्जलिको भ्रामक विज्ञापन मुद्दामा आज (बुधबार) भारतीय सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार बाबा रामदेव र बालकृष्ण अदालतमा उपस्थित भएका छन्।

न्यायाधीशद्वय हिमा कोहली र अहसानुद्दिन अमानुल्लाहको बेन्चले यो मुद्दा सुनुवाइ गरिरहेको छ। यसअघि २ अप्रिलमा भएको सुनुवाइमा पतञ्जलिका तर्फबाट माफी मागिएको थियो।

फेब्रुअरी २७ मा सर्वोच्च अदालतले पतञ्जलिलाई विद्युतीय र छापा माध्यमबाट आफ्ना औषधिसँग सम्बन्धित सबै भ्रामक विज्ञापन तत्काल हटाउन आदेश दिएको थियो।

सर्वोच्च अदालतले यस विषयमा कुनै कारबाही नगरेकोमा केन्द्र सरकारको आलोचना गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .