कर्णाली


कर्णालीमा कांग्रेस संसदीय दलको निर्वाचन शनिबार

उम्मेदवार बन्न २५ हजार तिर्नुपर्ने
कर्णालीमा कांग्रेस संसदीय दलको निर्वाचन शनिबार

कर्णाली प्रदेश कांग्रेस कार्यसम्पादन समितिकाे बैठक


दिनेश बुढा
पुस ७, २०७९ बिहिबार १५:२८, सुर्खेत

कर्णालीमा नेपाली कांग्रेस संसदीय दलको उम्मेदवार बन्नका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। 

संसदीय दलको निर्वाचन गर्न बनेको निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यसूची अनुसार शनिबार दलको नेताका लागि निर्वाचन हुने भएको हो। 

उम्मेदवारका लागि २५ हजार शुल्क निर्धारण गरिएको छ। 

निर्वाचन समितिका संयोजक कृष्णबहादुर रोकायका अनुसार शनिबार विहान ९ बजेदेखि ११ बजेसम्म मतदान गर्ने कार्यतालिका बनाएको छ। 

कार्यतालिका अनुसार  पुस ८ गते (शुक्रबार) बिहान ८ बजे मतदाता नामावली प्रकाशन गरिने छ भने सोही दिन दिउसो १२ बजेसम्म दाबी विरोध उपर जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन गरिने छ। 

शुक्रबार दिउसो ३ः३० बजे उम्मेदवारका लागि दरखास्त गर्ने कार्यतालिका रहेको छ भने उम्मेदवारको नाम फिर्ता लिने समय बेलुका साढे पाँच बजे तोकिएको छ।  

शुक्रबार बेलुकी ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ भने शनिबार मतदान र मतगणना गरिने छ। 

कर्णालीमा संसदीय दलको लागि बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही र राजिवबीक्रम शाह मैदानमा उत्रिएका छन्।  
शाही–शाह दुबै कांग्रेसभित्र संस्थापन पक्ष अर्थात देउवा निकट नेताहरुमा पर्दछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .