कर्णाली


एमाले नेतृत्वमा गठबन्धन बन्दा कर्णालीमा के होला?

एमाले नेतृत्वमा गठबन्धन बन्दा कर्णालीमा के होला?

दिनेश बुढा
पुस १०, २०७९ आइतबार १६:४५, सुर्खेत

आइतबार दिनभर कुन दलको नेतृत्वमा सरकार बन्ने भन्ने विषयमा सबैतिर चर्चा भयो। 

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गते (आज) दिउँसो ५ बजेसम्म प्रधानमन्त्री बन्नका लागि दललाई दाबी पेश गर्ने भनेको समय सकिनैलाग्दा पुरानो सत्तागठबन्धन भत्किएको घोषणा गरियो। 

आइतबार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकले कुनै निष्कर्षमा पुग्न नसेकपछि अन्ततः एमाले–माओवादी लगायतका दलसँग सरकार गठन हुने भएको छ। जसका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा माओवादी केन्द्रसहितका दलका नेताहरु छलफलमा जुटेपछि नयाँ समीकरण बनेको छ।

बालकोट बैठकमा सहभागी एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीका नेताहरु सहभागी भएका छन्। एमाले अध्यक्ष ओलीसँग राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफल गरेका थिए। 

उक्त बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमती भएपछि कर्णालीमा के होला भन्ने चासो बढेको छ। 

यदी  केन्द्रमा एमाले–माओवादी केन्द्रबीच सरकार बनेको खण्डमा कर्णालीमा पनि एमाले र माओवादी केन्द्रबीच नै सरकार बन्ने देखिन्छ। 

जम्मा ४० सिट रहेको कर्णाली प्रदेश सभामा १० नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग १३ जना सांसद रहेका छन्। 

कर्णालीमा सरकार बनाउनका लागि २१ सांसदको आवश्यक पर्दछ। एमाले र माओवादीका सांसद गरेर जम्मा २३ सांसद रहेका छन्।

यस्तै, कर्णाली प्रदेश सभामा नेपाली कांग्रेससँग १४, नेकपा एकीकृत समाजवादी र राप्रपासँग एक÷एक र एक स्वतन्त्र सांसद रहेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .