कर्णाली


कर्णालीमा मुख्यमन्त्रीको दाउ पर्खेको कांग्रेस ‘रिङ आउट’

कर्णालीमा मुख्यमन्त्रीको दाउ पर्खेको कांग्रेस ‘रिङ आउट’

कांग्रेस कर्णाली संसदीय दलका नेता जीवन शाही


दिनेश बुढा
पुस १०, २०७९ आइतबार १९:४०, सुर्खेत

केन्द्रमा वाम–लोकतान्त्रिक गठबन्धन फुटेर नयाँ समीकरण बनेपछि कर्णाली प्रदेशको राजनीतिमा पनि परिर्वतन हुने भएको छ।

आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पहलमा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच केन्द्रमा नयाँ सत्ता समीकरण बनेको हो।

केन्द्रमा नयाँ समीकरण भएसँगै कर्णालीमा गठबन्धनबाट मुख्यमन्त्रीको दाउ पर्खेर बसेको नेपाली कांग्रेस ‘रिङ आउट’ भएको छ। पुनः मुख्यमन्त्री दोहोरिनका लागि नेपाली कांग्रेस संसदीय दलको नेतामा जीवनबहादु शाही सर्वसम्मत चयन भएका थिए। 

नेकपा एमाले र माओवादीबीच मात्रै गठबन्धन भए पनि कर्णालीमा सरकार बनाउन बहुमत पुगेको छ। जसमा नेकपा एमालेसँग १० र माओवादी केन्द्रसँग १३ जना सांसद रहेका छन्। 

केन्द्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा पनि गठबन्धनमा जोडिएसँगै कर्णालीमा एक सिट रहेको राप्रपा पनि गठबन्धनमा जोडिएपछि कर्णालीमा एमाले, माओवादी केन्द्र र राप्रपा गरेर जम्मा २४ सांसद बनेका छन्। 

जम्मा ४० सांसद रहेका कर्णाली प्रदेश सभामा सरकार निर्माणका लागि २१ जना सांसदको बहुमत चाहिन्छ।

कर्णालीमा नेपाली कांग्रेससँग १४, नेपका एकीकृत समाजवादी र राप्रपाका एक/एक गरि जम्मा १६ जना सांसद रहेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .