हुम्लामा बिहीबार साँझदेखि हिमपात सुरु भएको छ। हिमपातका कारण अत्यधिक चिसो बढेपछि सर्वसाधारणलाई कष्टकर भएको छ।
सदरमुकाम सिमकोटमा बिहानैदेखि चहलपहल समेत घटेको छ।
यसअघि गत कात्तिकमा उत्तरी नाम्खामा हिउँ परेको थियो। सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ।
लामो समयपछि हिउँ पर्दा यहाँका स्थानीय बिहानैदेखि रमाइलो गर्न थालेका छन्। गए रातिदेखि लगातार हिमपात हुँदा उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीको जनजीवन कष्टकर बनेको छ।
लिमी, मुचु, खगालगाउँ, तिल, जाङ गाउँलगायत स्थानमा बढी हिमपात भएको छ। बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयवासीले बताएका छन्। हिमपात हुँदा कोदो, चिनु, फापरलगायत कात्तिके बाली सप्रिने आशामा हुम्लाका किसान छन्।
सिमकोटमा चिसो बढेसँगै सरकारी तथा गैरसरकारी कार्यालयबाट सेवा लिन समेत समस्या भएको छ।
तस्बिरहरूः
Shares
प्रतिक्रिया