कर्णाली


कर्णाली प्रदेशमा सोमबार सार्वजनिक बिदा

कर्णाली प्रदेशमा सोमबार सार्वजनिक बिदा

नेपालखबर
भदौ ३, २०८० आइतबार १९:५६, सुर्खेत

कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा सहिद परिवारका सदस्यलाई सम्मान गर्ने भएको छ। आइतबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।

कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा योजना मन्त्री कृष्णबहादुर जिसीले भोलि (भदौ ४) गते सोमबार हुने प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा सहिद परिवारलाई सम्मान गरिने निर्णय भएको जानकारी दिए।

यस्तै, प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा कर्णाली सरकारले सोमबार प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ।

उनका अनुसार प्रदेश योजना आयोगको सदस्यमा सल्यानका जीतबहादुर शाहलाई नियुक्त गर्ने र प्रदेश प्रशिक्षण प्रतिष्ठानको जिम्मेवारी तोक्ने निर्णय बैठकले गरेको छ।

यस्तै, बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विष्णुप्रसाद कोइरालालाई प्रदेश प्रशिक्षण प्रतिष्ठानको जिम्मेवारी दिने निर्णय गरेको छ। ऐन अनुसार नियुक्त नभएको खण्डमा बहाल रहेको कर्मचारी नौ तहबाट खटाउने प्रवाधान रहेको हुँदा सचिव कोइरालालाई जिम्मेदवारी दिइएको प्रवक्ता जिसीको भनाई रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .