कर्णाली


जुम्ला जिप दुर्घटना अपडेट– मृत्यु भएका चालक र सहचालकको परिचय खुल्यो

जुम्ला जिप दुर्घटना अपडेट– मृत्यु भएका चालक र सहचालकको परिचय खुल्यो

प्रतिकात्मक तस्बिर


नेपालखबर
भदौ १७, २०८० आइतबार १३:१६, जुम्ला

जुम्लामा जिप दुर्घटनामा हुँदा मृत्यु भएका चालक र सहचालककाे परिचय खुलेको छ। 

जुम्लाको कनकासुन्दरी गाउँपालिका– ४ छलपुनेरामा आज भे १ ज १०९९ नम्बरको जिप दुर्घटना हुँदा चालक मुगुको छायानाथ रारा नगरपालिका–५ का अविराज कार्की र सहचालक सोही ठाउँकै रुपबहादुर रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए।

नाग्म–मुगु सडकखण्डको कनकासुन्दरी–४ गोडिज्युलाबाट मुगुतर्फ जाँदै गर्दा उक्त जिप सडकबाट झण्डै तीन सय मिटर तल खसेको हो। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .