कर्णाली


भूकम्प प्रभावित क्षेत्रलाई एभरेस्ट फुजी सोसाइटी जापानको सहयोग घोषणा

भूकम्प प्रभावित क्षेत्रलाई एभरेस्ट फुजी सोसाइटी जापानको सहयोग घोषणा

नेपालखबर
कात्तिक १९, २०८० आइतबार २०:१३, काठमाडौँ

कर्णाली प्रदेशका भूकम्प प्रभावितहरूका लागि जापानमा रहेका नेपालीहरूको सामाजिक संस्था एभरेस्ट फुजी सोसाइटीले तत्काल राहातको लागी दुई लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ।

प्राकृतिक प्रकोपले पीडा दिएको बेला सक्दो सहयोग गर्नुपर्ने आफूहरूको दायित्व रहेको भन्दै  सोसाईटीका अध्यक्ष बिशाल शर्माले यो सुरुवाती सहयोग भएको भन्दै आगामी दिनहरुमा पूननिर्माणको कार्यक्रममा पनि आफूहरूले साथ दिने बताएका छन्। 

आपतकालीन राहत लागी त्रिपाल, कम्बल, स्लिपिङ्ग ब्याग, टर्च लाईट जस्ता सामाग्री खरिद गरेर वितरण गर्न लागेको सोसाईटीका सचिव नारायण सापकोटाले बताएका छन्।

एभरेस्ट फुजी सोसाइटीले लामो समयदेखी जापानमा सामाजिक कामहरुमा सक्रिय रहँदै आएको छ। 

संस्थाका सल्लाहकार भिम श्रिसले जाजरकोट र रुकुमामा अन्य के कस्तो सहयोगको आवश्यक छ त्यसको स्थानीय सरकारसँग समन्वय गरिरहेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .