कर्णाली


भूकम्पका कारण अवरुद्ध जाजरकोटको रिम्ना–खलंगा सडकखण्ड खुल्यो

भूकम्पका कारण अवरुद्ध जाजरकोटको रिम्ना–खलंगा सडकखण्ड खुल्यो

नेपालखबर
कात्तिक २०, २०८० सोमबार २०:१७, सुर्खेत

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर सोमबार अपरान्ह पुनः गएको भूकम्पका कारण अवरुद्ध जाजरकोटको सडक खुलेको छ।  

भूकम्पका कारण अवरुद्ध जाजरकोट रिम्ना–खलंगा सडकखण्ड  तीन घण्टापछि खुलेको हो।

प्रहरीका अनुसार सडक अवरुद्ध सडक केही समय अगाडी खुलेको छ। सडक अवरुद्ध हुँदा कर्णालीका पर्यटन मन्त्री र सामाजिक विकास मन्त्री रोकिएका थिए।

यस्तै, सडक अवरुद्ध भएपछि भूकम्प पीडितलाई राहत पुर्‍याएर फर्किएका र गइरहेका एक बढी सवारी साधन रोकिएका थिए।

सोमबार अपराह्न ४ बजेर ३१ मिनेटमा रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको धक्का जाजरकोट, रुकुम पश्चिमलगायत आसपासका जिल्लामा महसुस गरिएको छ।

उक्त भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिमा मानवीय क्षति नभएको तर, पहिला चर्किएका केहीहरु ढलेको प्रहरीले जनाएको छ।

यसअघि शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६।४ रेक्टर स्केलको भूकम्प गएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .