कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेलाई दिने केन्द्रीय सत्ता गठबन्धनभित्र भएको सहमतिका बीच यहाँ माओवादी केन्द्र प्रदेश संसदीय दलको बैठक बस्दै छ।
सोमबार भएको सहमतिअनुरूप प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले पार्टीको कर्णाली कमिटीलाई प्रदेश सरकारको नेतृत्व छाड्न टेलिफोनबाट निर्देशनसमेत दिइसकेका छन्।
तर माओवादी केन्द्र प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री राजकुमार शर्मा भने विश्वासको मत लिने अडानमा छन्।
सोही विषयमा निर्णय गर्न कर्णाली प्रदेशसभाअन्तर्गत मओवादी केन्द्र संसदीय दलको बैठक दिउँसो १ बजेका लागि बोलाइएको कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा योजनामन्त्री समेत रहेका माओवादी प्रदेश सांसद कृष्णबहादुर जिसीले जानकारी दिए।
उनका अनुसार दलको बैठकमा विश्वासको मत लिने वा नलिने भन्ने विषयमा दलभित्र छलफल हुनेछ।
Shares
प्रतिक्रिया