कर्णाली


कर्णालीको मुख्यमन्त्रीमा दाबी पेस गर्दै एमाले नेता कँडेल

मन्त्रालय बाँडफाँट नमिलेसम्म माओवादी सरकारमा नजाने
कर्णालीको मुख्यमन्त्रीमा दाबी पेस गर्दै एमाले नेता कँडेल

यामलाल कँडेल


नेपालखबर
चैत २७, २०८० मंगलबार ११:५१, कर्णाली

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री पदका लागि नेकपा एमालेका कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले दाबी पेस गर्दै छन्।

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न दिएको समयसीमा आज साँझ ५ः५० बजे सकिँ दैछ।

सत्ता साझेदार दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको सहमतिका आधारमा नेता कँडेलले मुख्यमन्त्री पदमा दाबी पेस गर्न लागेको माओवादी केन्द्रका नेता कृष्णबहादुर जिसीले जानकारी दिए। 

‘आज मुख्यमन्त्री पदमा दाबी पेसका लागि माओवादी केन्द्रले नेता कँडेललाई समर्थन गर्दछ’, उनले भने, ‘तर मन्त्रालय बाँडफाँटमा कुरा नमिलेसम्म माओवादी सरकारमा जाँदैन।’

उनका अनुसार माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार तथा सहरी विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र सामाजिक विकास मन्त्रालयमा दाबी गरिरहेको छ।

एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाईंले मन्त्रालय विभाजनमा छलफलका आधारमा गरिने बताए।

‘हामीले मुख्यमन्त्रीसहित माओवादी केन्द्रको एक मन्त्री पठाएर अहिले सानो आकारको सरकार बनाउन सुझाव दिएका छौ’, उनले भने, ‘विश्वासको मत लिइसकेपछि सरकार विस्तार गर्दा हुन्छ भनेका छौँ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .