कर्णाली प्रदेश सरकारले आज (मंगलबार) पूर्णता पाउने भएको छ।
चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले २१औँ दिनमा मन्त्रिमण्डललाई पूर्णता दिन लागेका हुन्।
आज मुख्यमन्त्री कँडेलले प्रदेश प्रमुखको कार्यालयलाई मन्त्रीहरूको शपथका लागि तयारी गर्न जानकारी गराइसकेको बताइएको छ।
प्रदेश प्रमुख कार्यालय स्रोतका अनुसार मुख्यमन्त्री कँडेलले मन्त्रीहरूको शपथका लागि जानकारी गराए पनि मन्त्रीको नामावलीसहितको आधिकारिक पत्र भने प्राप्त भइसकेको छैन।
‘आज मन्त्रीज्यूहरूको शपथका लागि तयारी गर्न भनिएको छ, हामीले त्यसैअनुरूप तयारी थालेका छौँ, तर हालसम्म आधिकारिक पत्र भने आएको छैन,’ कार्यालय स्रोतले भन्यो।
स्रोतका अनुसार सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका तीन र एमालेबाट तीन जना मन्त्री बन्दै छन्।
तर, मन्त्रीको नाम सार्वजनिक गरिएको छैन्।
मुख्यमन्त्रीको कार्यालयसहित आठ मन्त्रालय रहेको कर्णाली प्रदेशमा चार माओवादी र मुख्यमन्त्रीसहित चार मन्त्रालय एमालेले लिने गरी सहमति भएको छ।
जसमा माओवादीबाट बिनाविभागीय मन्त्रीका रूपमा रणसिंह परियारले यसअघि नै शपथ खाइसकेका छन्।
Shares
प्रतिक्रिया