कर्णाली


दैलेख बजारका दुई पसलमा आगलागी

दैलेख बजारका दुई पसलमा आगलागी

नेपालखबर
बैशाख २५, २०८१ मंगलबार १५:१३, सुर्खेत

दैलेखको नारायण नगरपालिका–१ स्थित बजारमा आगलागी हुँदा दुई पसलमा क्षति भएको छ।

मंगलबार दिउँसो नारायण नगरपालिका–१ मा पर्ने दैलेख सदरमुकामस्थित हाइस्कुल चोकमा रहेका दुई वटा घरमा आगलागी भएको हो।

आगलागीबाट एक फेन्सी पसल र एक मोटरसाइकल ग्यारेज पूर्ण क्षति भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

प्रहरीका अनुसार सँगै जोडिएका दुई पसलमा मंगलबार दिउँसो १ बजेको समयमा आगलागी भएको हो।

एकआपसमा जोडिएका दुई वटा घर र पसलमा क्षति पुगेको र क्षतिको अन्य विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मोटरसाइलको ग्यारेज पसलबाट आगलागी भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .