ad ad

कर्णाली


कर्णालीमा क्यान्सर उपचार सेवा विस्तार गर्ने सम्झौता

कर्णालीमा क्यान्सर उपचार सेवा विस्तार गर्ने सम्झौता

नेपालखबर
भदौ १९, २०८१ बुधबार १०:३९, सुर्खेत

सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल र चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच क्यान्सर उपचार सेवा विस्तार गर्ने सम्झौता भएको छ।

केन्द्रीय सरकारले क्यान्सर नियन्त्रण राष्ट्रिय रणनीति (२०२४-२०३०) तयार पारेसँगै अब सातै प्रदेशबाट क्यान्सर निदान र उपचार सेवा सुरु हुन लागेको हो।

मंगलबार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तर्फबाट कार्यकारी निर्देशक डा. शिवजी पौडेल र कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा.डा. डम्बर खड्काले सेवा विस्तार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। 

सम्झौतामा बीपी कोइराला मेमोरियल अस्पतालले सुर्खेत प्रादेशिक अस्पतालमा बहिरंग, अन्तरंग तथा उपचार समेटेर सेवा प्रदान गर्नुपर्ने उल्लेख छ। 

यसैगरी सुर्खेत प्रादेशिक अस्पतालले भने आवश्यक पूर्वाधार व्यवस्था गर्नुपर्ने सम्झौतामा उल्लेख छ।

सरकारको क्यान्सर नियन्त्रण रणनीतिमा  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कर्णालीमा सेवा विस्तार गर्ने जिम्मेवारी तोकेको थियो। रणनीति कार्यान्वयनका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यविधिसमेत पारित गरिसकेको छ।

कर्णालीमा सेवा विस्तार भएमा अब कर्णालीका यहाँका नागरिक प्राणघातक रोग क्यान्सरको उपचार गर्न अन्य प्रदेश धाउनपर्ने बाध्यताको अन्त्य हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .