कर्णाली


कर्णालीको तेस्रो मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा नियुक्त

कर्णालीको तेस्रो मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा नियुक्त

कर्णालीको मुख्यमन्त्रीमा नियुक्त भएका राजकुमार शर्मा। तस्बिर : नेपालखबर


दिनेश बुढा
पुस २७, २०७९ बुधबार १७:१७, सुर्खेत

कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन्। 

अर्को सत्ता साझेदार नेकपा एमालेसँग भएको सहमतिअनुसार उनी अब अढाई वर्षसम्म मुख्यमन्त्रीका रुपमा रहनेछन्। 

शर्माले बुधबार प्रदेश प्रमुख तिलक परियारकहाँ पुगेर बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

यसअघि प्रदेश प्रमुख परियाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीका लागि दाबी गर्न दलहरुलाई आव्हान गरेका थिए। 

त्यही आह्वानअनुसार नेकपा एमाले, राप्रपा र नेकपा एकीकृत समाजवादीसहित २५ सांसदको समर्थनमा शर्माले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

जसमा कर्णाली प्रदेशमा माओवादीका १३, एमालेका १०, राप्रपाका १ र समाजवादीका १ जना सांसद रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .