कर्णाली


भूकम्पबाट मृत्यु भएकाका परिवारलाई राहत वितरण

भूकम्पबाट मृत्यु भएकाका परिवारलाई राहत वितरण

नेपालखबर
कात्तिक २७, २०८० सोमबार १५:०, रुकुमपश्चिम

जाजरकोट भूकम्ममा परी मृत्यु भएका रुकुमपश्चिमका पीडित परिवारलाई नगद राहत वितरण गरिएको छ। 

सानीभेरी गाउँपालिका–६ मा पीडित १० परिवारलाई रु. १६ लाख र आठबीसकोट नगरपालिकामा २० घरपरिवारका ३१ जनालाई राहतबापत रु. ५१ लाख गरी रु. ६७ लाख रकम बाँडिएको जिल्ल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए।

सानीभेरीबाट सुरु गरिएको नगद वितरण कार्यक्रम आठबीसकोटमा पुगेर समापन भएको थियो।

प्रजिअ पन्तका अनुसार जिल्लामा ४१ जना मृतकका परिवारलाई नगद राहत उपलब्ध गराइएको हो।

‘अब जिल्लामा कागजात मिलाउन बाँकी रहेका नौ घरपरिवारका १२ मृतकको राहतबापतको रकम वितरण गर्न बाँकी छ। तीमध्ये पाँचजना जिल्ला बाहिरका हुन्। जिल्ला बाहिरकालाई पनि सम्बन्धित जिल्लाबाट प्रक्रिया पुर्‍याएर यहीँबाट नगद राहत वितरण गरिने छ’, प्रजिअ पन्तले भने।

सङ्घीय सरकारबाट प्राप्त भएको राहत रकम मृतकका परिवारलाई बाँडिएको उनले जानकारी दिए।

सरकारले निर्णय गरेअनुसार प्रत्येक मृतकका घरपरिवारलाई रु. दुई लाखका दरले राहत रकम दिइएको जनाउँदै एकै घरबाट एक जना भन्दा बढीको मृत्यु भएकोमा रु. दुई लाखमा थप एक लाख रुपैयाँ बढाएर उपलब्ध गराइएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले बताए।

बढुवालका अनुसार सङ्घीय सरकारले राहत वितरणका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा रु. पाँच करोड पठाएको थियो। 

‘हालसम्म रु. ६७ लाख वितरण गरिएको छ। १२ जनाको राहतबापतको रकम वितरण गर्न बाँकी छ। बाँकी रकम भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण तथा पुनःस्थापनामा खर्च गरिनेछ’, सहायक प्रजिअ बढुवालले भने।

कात्तिक १७ गते राति गएको भूकम्पका कारण जिल्लामा ५३ जनाको मृत्यु भएको थियो। भूकम्पमा परी ५२ जना र उपचारका क्रममा एक जना गरी जम्मा ५३ जनाको मृत्यु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .